images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेष्डो समृद्ध लघुवित्तको लाभांश पाउने आज...

नेष्डो समृद्ध लघुवित्तको लाभांश पाउने आज अन्तिम दिन

नेष्डो समृद्ध लघुवित्तको लाभांश पाउने आज अन्तिम दिन

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

    images
    images

    यस निर्णयअनुसार, आज फागुन २७ गतेसम्म कायम सेयर धनीहरू मात्र यो संस्थाको लाभांश पाउन र वार्षिक साधारण सभामा भाग लिन योग्य हुनेछन्। संस्थाले आफ्नो छैटौँ वार्षिक साधारण सभा आगामी चैत १० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

    सभामा गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित लाभांश अनुमोदन गरिनेछ, जसमा कुल चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गरिनेछ। यसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश समावेश छन्। बोनस शेयर वितरणपछि संस्थाको चुक्ता पुँजी २९ करोड १३ लाख ३७ हजार ५०० रुपैयाँ पुग्नेछ।

    images
    images

    यसका अतिरिक्त, सभाले अन्य एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ। 

    सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरिनेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend