images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • बजारमा घट्न थाल्यो कोइरालोको मूल्य,...

बजारमा घट्न थाल्यो कोइरालोको मूल्य, कति पर्छ किलोको?

बजारमा घट्न थाल्यो कोइरालोको मूल्य, कति पर्छ किलोको?

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । बजारमा कोइरालोको मूल्य घट्न थालेको छ।आपूर्ति बढेसँगै बजारमा कोइरालोको मूल्य घट्न थालेको हो।कालीमाटी बजार विकास समितिको तथ्यांक हेर्दा आइतबार कालीमाटीमा कोइरालो प्रतिथोक मूल्य तीन सय ५० देखि चार सय रूपैयाँमा कारोबार भएको छ। 

    images
    images

    सुरूआति चरणमा कोइरालो प्रतिथोक मूल्य पाँच सयदेखि पाँच सय ५० रूपैयाँसम्ममा कारोबार भएको थियो। नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ, काठमाडौंका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेका अनुसार कालीमाटी बजारमा कोइरालो आउन थालेको एक साता भयो।

    कोइरालोको मुख्य सिजन चैत हो। कोइरालो विशेषगरी धादिङको धुनेबेशी नगरपालिकाको जीवनपुर, केबलपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट आउने गरेको छ। सिजन सुरू भएसँगै कोइरालोको मूल्य थप घट्ने घिमिरे बताउँछन्। 'अहिले भर्खरै आउन थालेको महँगो भएको हो,' उनले भने, 'चैत लागेपछि अझै मूल्य घट्छ।' 

    images
    images

    उनका अनुसार कोइरालो चैत महिनाभरी आउने छ। कोइरालो ओइलाउने र बिग्रिहाल्ने भएकाले धेरै समय राख्न सकिँदैन।सिजनमा कोइरालो प्रतिकिलो एक सय रूपैयाँसम्म पाइने उनी बताउँछन्। कोइरालो एक प्रकारको वनस्पति हो। यसको फूलको अचार बनाएर खाने गरिन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend