images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • एमएबि हाइब्रिड फण्ड एल–२ को इकाइ...

एमएबि हाइब्रिड फण्ड एल–२ को इकाइ बाँडफाँट सम्पन्न

एमएबि हाइब्रिड फण्ड एल–२ को इकाइ बाँडफाँट सम्पन्न

images
images
आइतवार, फाल्गुण १८ २०८१
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि फागुन ८ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाइब्रिड फण्ड एल–२ का इकाइहरूको बाँडफाँट सम्पन्न भएको छ।

    images
    images

    क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको थियो। तर, मागभन्दा बढी आवेदन प्राप्त भएपछि योजनाको आकार वृद्धि गर्दै १३ करोड ६४ लाख ८४ हजार इकाइ कायम गरिएको थियो।

    कोष प्रवर्द्धक एनएमबि बैंकलाई १ करोड ९१ लाख ७ हजार ७६० इकाइ, योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटललाई १३ लाख ६५ हजार ५४९ इकाइ र बाँकी ११ करोड ६० लाख १० हजार ७६० इकाइ सर्वसाधारणलाई रीतपूर्वक आवेदन दिने आवेदकहरूमा बाँडफाँट गरिएको छ।

    images
    images

    यो कोष १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो, जसको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend