images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • भूकम्पका कारण सुख्खा पहिरो खस्ने सम्भावना,सतर्क...

भूकम्पका कारण सुख्खा पहिरो खस्ने सम्भावना,सतर्क रहन सिन्धुपाल्चोकको आग्रह

भूकम्पका कारण सुख्खा पहिरो खस्ने सम्भावना,सतर्क रहन सिन्धुपाल्चोकको आग्रह

images
images
शुक्रवार, फाल्गुण १६ २०८१
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौं। भूकम्पको असरले विभिन्न स्थानहरूमा सुख्खा पहिरो, सडक माथिबाट ढुंगा खस्ने जस्ता जोखिम हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ।

    images
    images

    भूकम्पको क्षति विवरणबारे जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराउँदै भूकम्पबाट मानवीय क्षति नभएको र भौतिक क्षति पनि सामान्य रहेको जनाएको हो।

    भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदीबन्दी घाइते भएको र उपचारपछि उनी डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी करिण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    images
    images

    इलाका प्रहरी कार्यालय कोदारीको भवन चर्किएको कार्यालयले जनाएको छ। भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ।

    जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा टोली बाहिर परिचालन गरिएको र अनुगमन भइरहेको कार्यालयले जानकारी दिएको छ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend