images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ भर्ने आज...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • काठमाडौंः फागुन १५, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।

    images
    images

    आज बैंकिङ समयपश्चात आईपीओ आवेदन बन्द हुनेछ । हालसम्म कम्पनीको आईपीओमा ११ गुणा बढी आवेदन परेको छ । सर्वसाधारणका लागि कुल १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन भएकोमा अहिलेसम्म २ करोड ४ लाख १ हजार ९२० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ ।

    न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर मार्फत आवेदन दिन सकिन्छ । इक्रा नेपालले यस कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनी आफ्नो दायित्व वहन गर्न मध्यमस्तरमा सुरक्षित रहेको जनाउँछ ।

    images
    images

    गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा छ भने प्रतिसेयर आम्दानी ५६ पैसा छ । ३० लाख ८८ हजार रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend