images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • फागुन ११ गतेदेखि नेपाल माइक्रो इन्स्योरेन्सको...

फागुन ११ गतेदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ , कति कित्तासम्मलाई आवेदन दिन सकिन्छ ?

फागुन ११ गतेदेखि नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ , कति कित्तासम्मलाई आवेदन दिन सकिन्छ ?

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौँ ।नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका लागि आइपिओ निष्कासन गर्न लागेको हो । 

    images
    images

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, कम्पनीका कर्मचारीहरू र सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेसँगै कम्पनीले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने तयारी गरेको हो । 

    कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। 

    images
    images

    सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । त्यस्तै, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। 

    कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।  

    सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आइपिओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा फागुन २५ सम्म आवेदन दिन सकिनेछ । पछिल्लो समय आइपिओमा लगानीकर्ताको आकर्षण बढेसँगै छोटो समयमा आवश्यकभन्दा कयौ गुणा बढी आवेदन पर्ने गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सञ्चालन गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । 

    आइपिओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend