images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • युनाइटेड अजोड इन्स्योरेन्सको नाफामा ४७.१६ प्रतिशतले...

युनाइटेड अजोड इन्स्योरेन्सको नाफामा ४७.१६ प्रतिशतले घट्यो

युनाइटेड अजोड इन्स्योरेन्सको नाफामा ४७.१६ प्रतिशतले घट्यो

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४७.१६ प्रतिशतले घटेर ६ करोड ९६ लाख ८३ हजार रुपैयाँमा रहेको छ ।कम्पनीले गत आवको सोही अवधिमा १३ करोड १८ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

    images
    images

    कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २७.६७ प्रतिशतले घटेर १३ करोड २१ लाख ७९ हजार रुपैयाँ रहेको छ । यस्तै कमिसनबाट हुने आम्दानी १०.७२ प्रतिशतले घटेर ११ करोड ५६ लाख ३३ हजार रुपैयाँ रहेको छ। जसले गर्दा कम्पनीको नाफा घटेको छ ।

    कम्पनीको खुद बिमा शुल्क आर्जन ०.०६ प्रतिशतले घटेर ४४ करोड ३७ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।२ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १६ करोड ३७ लाख ५१ हजार रुपैयाँ रहेको छ ।पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ६ पैसा रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend