images

२०८३ आश्विन १५ गते

images
images
images
  • प्रविधि
  • लगइन बिना उपलब्ध च्याटजीपीटी सर्च, गूगललाई...

लगइन बिना उपलब्ध च्याटजीपीटी सर्च, गूगललाई चुनौती दिने ओपनएआईको ठूलो कदम

लगइन बिना उपलब्ध च्याटजीपीटी सर्च, गूगललाई चुनौती दिने ओपनएआईको ठूलो कदम

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । ओपनएआईले गत वर्ष अक्टोबरमा आफ्नो एआई मोडेलमा सर्च इन्जिन फिचर रिलीज गरेको थियो । कम्पनीले यसलाई च्याटजीपीटी सर्च नाम दिएको थियो । यो फिचरमार्फत कम्पनीले गूगल सर्चलाई प्रतिस्पर्धा गर्ने योजना बनाएको छ । ओपनएआईले सुरुमा यो सेवा च्याटजीपीटी प्लस सब्सक्राइबर्सका लागि मात्र उपलब्ध गराएको थियो । केही महिनाअघि कम्पनीले यो फिचर सबै प्रयोगकर्ताका लागि निःशुल्क बनाएको थियो ।

    images
    images

    ओपनएआईले अर्को ठूलो अपडेट दिएको छ । अब च्याटजीपीटी सर्च प्रयोग गर्नको लागि लगइन गर्न आवश्यक हुनेछैन् । यस नयाँ कदमले प्रयोगकर्ताहरूलाई ठूलो राहत दिएको छ । अनुमान गरिँदैछ कि लगइनबिनै सर्च फिचर एक्सेस गर्न मिल्ने यस सुविधाबाट कम्पनीले गूगल सर्चलाई थप कडा चुनौती दिन योजना बनाएको छ ।

    ओपनएआईले एक्स (पहिले ट्वीटर) मा पोस्ट गर्दै घोषणा गरेको छ कि अब सबै प्रयोगकर्ताहरूले च्याटजीपीटी सर्च बिना लगइन प्रयोग गर्न सक्छन् । यो अपडेटपछि प्रयोगकर्ताहरूलाई आफ्नो इमेल आईडी वा अन्य व्यक्तिगत विवरण राख्न आवश्यक पर्ने छैन् । यसबाट विशेष गरी ती व्यक्तिहरूलाई फाइदा हुनेछ जो आफ्नो व्यक्तिगत विवरण साझा नगरी फिचर प्रयोग गर्न चाहन्छन् ।यो फिचर कुनै लगइन बिना पनि च्याटजीपीटी डटकममा प्रयोग गर्न सकिन्छ ।

    images
    images

    च्याटजीपीटी सर्चका प्रमुख फिचरहरू

    एआई–सञ्चालित सर्च रिजल्ट्सः प्रयोगकर्ताहरूले एआई–पावर्ड जवाफ र वेब स्रोतहरूसहित समरी पढ्न सक्छन् ।इमेज र रेटिङ्सः यो प्लेटफर्ममा प्रयोगकर्ताहरूलाई मात्र टेक्स्ट आधारित रिजल्ट होइन, इमेज, रेटिङ्स र म्याप डाइरेक्शनहरू पनि उपलब्ध हुन्छन् ।विश्वसनीय जानकारीः गूगल जस्तै च्याटजीपीटी सर्चले पनि विभिन्न स्रोतबाट जानकारी संकलन गर्छ ।
    स्पीड र सजिलो प्रयोगः अब साइन–इन नगरी सर्च फिचर प्रयोग गर्न सकिन्छ ।

    च्याटजीपीटी प्लस प्रयोगकर्ताहरूका लागि विशेष सुविधाहरू

    ​​​​​​​च्याटजीपीटी सर्च अब सबै प्रयोगकर्ताहरूका लागि निःशुल्क उपलब्ध छ । कम्पनीले भनेको छ कि च्याटजीपीटी प्लस सब्सक्राइबर्सका लागि केही विशेष लाभहरू उपलब्ध गराउने योजना छ ।

    • एडभान्स भ्वाइस सर्च
    • अप–टू–डेट जानकारी
    • बेहतर एआई इन्टर्याक्शन

    ​​​​​​​गूगललाई चुनौती दिन्छ च्याटजीपीटी सर्च?

    च्याटजीपीटी सर्च फिचर सबै प्रयोगकर्ताहरूका लागि निःशुल्क भएपछि यसले गूगल र बिंग जस्ता सर्च इन्जिनलाई प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ । ओपनएआईको यो फिचरलाई पहिले प्रभावकारी एआई ब्राउजरका रूपमा हेरिएको थियो । यसले प्रयोगकर्ताहरूलाई उनीहरूले सोधेका प्रश्नहरूमा सटीक जानकारी प्रदान गर्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend