images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेरुडे मिर्मिरे लघुवित्तको दोश्रो त्रैमासमा ६...

नेरुडे मिर्मिरे लघुवित्तको दोश्रो त्रैमासमा ६ करोड घाटा, ईपीएस ऋणात्मक, नेटवर्थ स्थिर

नेरुडे मिर्मिरे लघुवित्तको दोश्रो त्रैमासमा ६ करोड घाटा, ईपीएस ऋणात्मक, नेटवर्थ स्थिर

images
images
शुक्रवार, माघ २५ २०८१
शुक्रवार, माघ २५ २०८१
  • काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार लघुवित्तले यो अवधिमा ६ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा हासिल गरेको २ लाख ४८ हजार रुपैयाँ नाफाको तुलनामा निकै कमजोर प्रदर्शन हो।

    images
    images

    साथै, संस्थाको सञ्चालन मुनाफा समेत नकारात्मक भई ६ करोड ८६ लाख रुपैयाँ घाटा भएको छ। यस अवधिमा संस्थाको ब्याज आम्दानी उल्लेखनीय रूपमा बढे पनि सञ्चालन घाटा र वितरणयोग्य मुनाफाको ऋणात्मक अवस्थाले वित्तीय अवस्था दबाबमा रहेको देखिन्छ।

    ६ करोड २७ लाख रुपैयाँ घाटा
    आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्म नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ६ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    images
    images

    सञ्चालन घाटामा ठूलो गिरावट
    समीक्षा अवधिसम्म संस्थाले ६ करोड ८६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष संस्थाको सञ्चालन मुनाफा ३ करोड ५४ लाख रुपैयाँ रहेको थियो।

    खुद ब्याज आम्दानीमा १६१% वृद्धि
    यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३३ करोड ३८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २४ करोड २५ लाख रुपैयाँको तुलनामा १६१.३४ प्रतिशतले वृद्धि भएको हो।

    वितरणयोग्य मुनाफा ऋणात्मक
    समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा १९ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

    एनपीएलमा सुधार
    संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ८.४७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ८.८३ प्रतिशत थियो।

    चुक्तापुँजी र रिजर्भ कोष
    संस्थाको चुक्तापुँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो रकम १ अर्ब २६ करोड ६४ लाख रुपैयाँ थियो।

    ऋण लिने र प्रवाह गर्ने विवरण
    समीक्षा अवधिमा संस्थाले ११ अर्ब २४ करोड ९९ लाख रुपैयाँ सापटी लिएर २० अर्ब ९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो क्रमशः ११ अर्ब २ करोड ८२ लाख रुपैयाँ र २० अर्ब १४ करोड २२ लाख रुपैयाँ थियो।

    ईपीएस ऋणात्मक, नेटवर्थ स्थिर
    दोस्रो त्रैमाससम्म वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८.९७ रुपैयाँले ऋणात्मक रहेको छ, जुन अघिल्लो वर्ष ६.७८ रुपैयाँ थियो। संस्थाको प्रतिशेयर नेटवर्थ १८४.२४ रुपैयाँ कायम रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend