images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • मिथिला लघुवित्तको नाफामा १८१.२९ ५ ले...

मिथिला लघुवित्तको नाफामा १८१.२९ ५ ले वृद्धि,अन्य सूचकमा समेत प्रगति

मिथिला लघुवित्तको नाफामा १८१.२९ ५ ले वृद्धि,अन्य सूचकमा समेत प्रगति

images
images
बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • काठमाडौँः मिथिला लघुवित्तको नाफा सहित अन्य सूचकमा समेत प्रगति भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यस लघुवित्त कम्पनीले ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    images
    images

    यो नाफा गत वर्षको भन्दा १८१.२९ प्रतिशतले धेरै हो। गत वर्षको यस अवधिमा कम्पनीले करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    प्रकाशित विवरण अनुसार एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा समेत वृद्धि भएको छ। कम्पनीको खुद ब्याज आम्दानी ६७.१६ प्रतिशतले बढेर ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

    images
    images

    गत वर्षको यस अवधिमा कम्पनीले ५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस अवधिमा कम्पनीको सञ्चालन नाफा ३६६.६६ प्रतिशतले बढेर ५ करोड २३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही समयमा यसले १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेका थियो ।

    साथै, खराब कर्जा भने बढेर ४.४७ प्रतिशतबाट बढेर ४.८५ प्रतिशत पुगेको छ। भने लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड ४७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९९.३८ रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend