images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • कञ्चनपुरमा चारवटा विद्यालय भवन एकैसाथ निर्माण...

कञ्चनपुरमा चारवटा विद्यालय भवन एकैसाथ निर्माण हुँदै

कञ्चनपुरमा चारवटा विद्यालय भवन एकैसाथ निर्माण हुँदै

images
images
बुधवार, माघ १६ २०८१
बुधवार, माघ १६ २०८१
  • कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका चारवटा सामुदायिक विद्यालयका चार वटा विद्यालय भवन निर्माण थालिएको छ। सङ्घीय सरकारको रु दुई करोड २४ लाखको लागतमा निर्माण थालिएको हो।

    images
    images

    नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीका अनुसार वडा नं ४ को पिपलाडीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालय, वडा नं ७ स्टेशनपुरमा रहेको धर्मजनता माध्यमिक विद्यालय, वडा नं १ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालय र वडा नं ७ सिमलफाँटामा रहेको कृष्ण माध्यमिक विद्यालयमा भवन निर्माणकार्य अगाडि बढाइएको छ ।

    चारकोठे भवन निर्माणका लागि प्रतिभवन रु ५६ लाखका दरले बजेटको व्यवस्था गरिएको छ । निर्माण हुने भवन वातावरणमैत्री एवं अपाङ्गमैत्री हुने प्राविधिक सहायक जोशीले बताए। “चालु आवभित्रै भवन निर्माणकार्य सक्नेगरी काम अगाडि बढाइन लागेको छ”, उनले भने। नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय माध्यमिक विद्यालयमा भवन निर्माणको शिलान्यास गरी कार्यारम्भ गरेका छन्।

    images
    images

    शुक्लाफाँटा नगरपालिकामा सामुदायिक विद्यालय २८ र संस्थागत विद्यालय २५ गरी ५३ विद्यालय सञ्चालनमा छन् । विद्यालयमा १५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाको साक्षरता प्रतिशत भने ९५ दशमलव ५४ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend