images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आरम्भ चौतारीको दोस्रो त्रैमासिक वित्तीय विवरण...

आरम्भ चौतारीको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,प्रतिसेयर आम्दानी कति ?

आरम्भ चौतारीको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक,प्रतिसेयर आम्दानी कति ?

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्तले दोस्रो त्रैमासमा आकर्षक छलाङ मारेको छ ।

    images
    images

    १६१ प्रतिशतले बढ्यो ​नाफा

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १६१.४२ प्रतिशतले धेरै हो ।गत वर्षको यसैअवधिमा कम्पनीले १ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images

    सञ्चालन नाफा

    यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ । 

    खुद ब्याज आम्दानी

    यसको खुद ब्याज आम्दानी पनि २६.०२ प्रतिशतले बढेर १६ करोड १७ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले १२ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    खराब कर्जा

    पुस मसान्तसम्म आइपुग्दा आरम्भ चौतारीको खराब कर्जा पनि घटेको छ । गत वर्ष ४.६४ प्रतिशत रहेको यस लघुवित्तको खराब कर्जा अहिले घटेर २.९१ प्रतिशतमा झरेको छ । 

    चुक्ता पूँजी/जगेडा कोष

    चुक्ता पूँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ८४ लाख रुपैयाँ सञ्चिति रहेको छ।

    सञ्चित मुनाफा ऋणात्मक

    सञ्चित मुनाफा १ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ।

    निक्षेप संकलन/कर्जा लगानी

    कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

    कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा (वार्षिकीकरण) रहेको छ, प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend