images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • सिवाईसी नेपाल लघुवित्तको साधारणसभा पुनः...

सिवाईसी नेपाल लघुवित्तको साधारणसभा पुनः माघ १२ गते आव्हान

सिवाईसी नेपाल लघुवित्तको साधारणसभा पुनः माघ १२ गते आव्हान

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः माघ १२ गते शनिबार छैठौं साधारणसभा बोलाएको छ। यसअघि पुस २९ गते सोमबार बोलाइएको सभा गणपुरक संख्या नपुगेर चल्न नसकेपछि स्थगित गरिएको जनाएको थियो।

    images
    images

    कम्पनीले पहिले नै समावेश गरिएका प्रस्तावहरू यथावत् राखी सभा बोलाएको छ। कम्पनीले शेयरधनीलाई लाभांश नदिने निर्णय यसअघि नै गरिसकेको छ।

    सभाले गत आवको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ। त्यस्तै अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ।

    images
    images

    सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरिसकेकाले पुस १७ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend