images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • लाभांश र बोनस सेयर वितरण गर्दै...

लाभांश र बोनस सेयर वितरण गर्दै छिमेक लघुवित्तको साधारण सभा सम्पन्न

लाभांश र बोनस सेयर वितरण गर्दै छिमेक लघुवित्तको साधारण सभा सम्पन्न

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई नगद तथा बोनस सेयर वितरण गरेको छ । संस्थाले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट गत आवका लागि पारित भएको ७ प्रतिशत नगद लाभांश कर समेत र ८ प्रतिशत बोनस सेयर सेयरधनीहरुलाई वितरण गरेको हो ।

    images
    images

    नगद लाभांश एनएमबि क्यापिटलबाट सेयरधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा माघ १ गते देखि जम्मा गरिएको संस्थाले जनाएको छ । यस्तै ८ प्रतिशत बोनस सेयर सूचिकरणपश्चात सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने संस्थाले जनाएको छ ।

    साधारण सभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मिति सम्ममा कायम रहेका सेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend