images

२०८३ आश्विन १७ गते

images
images
images

सेयर संरचना परिवर्तन गर्दै सामुदायिक लघुवित्त

सेयर संरचना परिवर्तन गर्दै सामुदायिक लघुवित्त

images
images
सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन हुने भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६१.११ प्रतिशत र सर्वसाधारण समूहको ३८.८९ प्रतिशत कायम हुनेछ ।

    images
    images

    यसका लागि संस्थापक समूहको ८.५४ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिमार्जन गरिने संस्थाले जनाएको छ । लघुवित्तमा हाल संस्थापक समूहको सेयर स्वामित्व ६९.६५ प्रतिशत र सर्वसाधारण समूहको ३०.३५ प्रतिशत कायम थियो । साविक सामुदायिक लघुवित्त र बीपीडब्ल्यू लघुवित्त आपसमा मर्ज भएपछि कायम संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न लागिएको हो । 

    सर्वसाधारण सेयरमा परिमार्जन गर्न नचाहने संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काभ्रेको बनेपा–१४ साँगास्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

    images
    images

    साथै, तोकिएको मितिभित्र संस्थापक सेयरधनीले सेयर संरचना परिवर्तन नचाहेको भनी निवेदन नदिएको खण्डमा सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोहीअनुसार प्रक्रिया अगाडि बढाइने लघुवित्तले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend