images

२०८३ आश्विन १६ गते

images
images
images

आरम्भ चौतारी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

आरम्भ चौतारी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

images
images
सोमवार, पौष २२ २०८१
सोमवार, पौष २२ २०८१
  • काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो माघ १४ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

    images
    images

    कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरिसकेकाले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश छैन। गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिनेछ।

    त्यसैगरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य कुनै वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

    images
    images

    साधारणसभा प्रयोजनका लागि संस्थाले माघ २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा पुस २९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend