images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख बढी...

युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख बढी संस्थापक सेयर बिक्री खुला

युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख बढी संस्थापक सेयर बिक्री खुला

images
images
शुक्रवार, पौष १२ २०८१
शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं ।  युनाइटेड अजोड इन्स्योरेन्सले ४ लाख ७ हजार १८२ कित्ता संस्थापक सेयर बिक्रीका लागि राखेको छ। यी सेयरमध्ये आईजे ग्रुपको नाममा रहेको ३ लाख ७४ हजार ४५ कित्ता र राधेश्याम अग्रवालको नाममा रहेको ३३ हजार १३७ कित्ता सेयर बिक्रीमा छन्।

    images
    images

    आईजे ग्रुपले बिक्रीमा राखेका सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ भने अग्रवालले बिक्रीमा राखेका सेयरको मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। यस सेयर खरिदका लागि हालका संस्थापक सेयरधनीलाई मात्र आवेदन दिने अनुमति छ।

    कम्पनीले ३५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ। इच्छुक सेयरधनीले काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्।यदि तोकिएको समयसीमाभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend