images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • सर्वोत्तम सिमेन्ट सहित ४ कम्पनीहरुको लाभांश...

सर्वोत्तम सिमेन्ट सहित ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्ट सहित ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, पौष ११ २०८१
बिहिवार, पौष ११ २०८१
  • काठमाडौं । ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज एचआईडिसिएल, सर्वोत्तम सिमेन्ट, सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सको लाभांशसुरक्षित गर्ने अन्तिम दिन हो।

    images
    images

    सिद्धार्थ बैंक लिमिटेडले पुस १४ गते आइतबार बुकक्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन । बैंकले पुस २८ गते आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको कर सहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले एसबिएल ८।२५ प्रतिशत अग्राधिकार शेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृतीपश्चात जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पनि पारित गर्नेछ। सभाले संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ।

    images
    images

    ग्रिन भेन्चर्सले पुस १४ गते आइतबार बुकक्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन । ग्रीन भेन्चर्स लिमिटेड पुस २८ गते आईतबार, रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा छैटौंँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०।५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    सर्वोत्तम सिमेन्टले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली पुस १२ गते बुकक्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन । सर्वोत्तम सिमेन्टले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २६ गते, शुक्रबार, होटल भिलासा, भैरहवा, रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसिएलले भोलि पुस १२ गते बुक क्लोज गर्दै छ । त्यसकारण आजसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन । एचआइडिसिएलले हाल कायम चुक्ता पूँजीको ५।२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २४ गते, बुधबार तेह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा कार्की ब्याङ्केट, बबरमहलमा बिहान १० बजे शुरु हुनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend