images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने...

नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने आज पुस ७ गते अन्तिम दिन रहेको छ।

    images
    images

    साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि पुस ८ गते बुकक्लोज गर्दैछ। यसको अर्थ आज पुस ७ गतेसम्म कायम शेयरधनी यो कम्पनीको साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

    कम्पनीले यही पुस २५ गते आफ्नो १८ औँ वार्षिक साधारणसभा गर्दैछ। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्स बिहान ११ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले हाल कायम चुक्तापुँजीको ८ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend