images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • आरएसडिसी लघुवित्तको एघारौँ वार्षिक साधारण सभा...

आरएसडिसी लघुवित्तको एघारौँ वार्षिक साधारण सभा पुस २९ गते

आरएसडिसी लघुवित्तको एघारौँ वार्षिक साधारण सभा पुस २९ गते

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते, सोमबार, वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ । 

    images
    images

    सो सभा बिहान साढे ९ बजे सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    साथै, सभाले प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयर धनीहरूको तर्फबाट ३ जना र सर्वसाधारण सेयर धनीहरूको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस ११ गते बुकक्लोज गर्ने भएको छ। 

    images
    images

    यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend