images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • साना किसान लघुवित्तको १३.३०% बोनस...

साना किसान लघुवित्तको १३.३०% बोनस सेयर प्रस्ताव

साना किसान लघुवित्तको १३.३०% बोनस सेयर प्रस्ताव

images
images
मंगलवार, पौष २ २०८१
मंगलवार, पौष २ २०८१
  • काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूका लागि आगामी साधारण सभाको मिति सार्वजनिक गरेको छ। कम्पनीको २३औं वार्षिक साधारण सभा पुस २३ गते, मंगलबार बिहान १० बजे भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा आयोजना हुने तय भएको छ।

    images
    images

    सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि थप ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, लेखापरीक्षकको नियुक्ति र स्वतन्त्र सञ्चालक पदमा चयनसम्बन्धी प्रस्तावहरू पनि छलफलका लागि पेश गरिनेछ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार गरेका सेयरधनीहरूले लाभांश प्राप्त गर्न र सभामा सहभागिता जनाउन सक्नेछन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend