images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • एनएमबि बैंकको लाभांश घोषणा, नगद र...

एनएमबि बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

एनएमबि बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं ।एनएमबि बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । 

    images
    images

    बैठकले बैंकको साधारण सेयरतर्फ चुक्ता पूँजीको ७ प्रतिशतका दरले नगद लाभांश (कर सहित) र एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयर तर्फ चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो । बैंकको साधारण सेयरतर्फ चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २५७.२० रुपैयाँ रहेको छ भने अग्राधिकार सेयरतर्फ चुक्ता पूँजी ३ अर्ब रुपैयाँ रहको छ ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरुमा वितरण हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend