images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • काठमाडौं उपत्यकामा वायु प्रदूषणबारे चासो उच्च,...

काठमाडौं उपत्यकामा वायु प्रदूषणबारे चासो उच्च, तर भरपर्दो जानकारीमा पहुँच कमजोर

काठमाडौं उपत्यकामा वायु प्रदूषणबारे चासो उच्च, तर भरपर्दो जानकारीमा पहुँच कमजोर

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं ।  सन् २०२६ मा स्थापित ताजा इनिसिएटिभ नेपाल, काठमाडौं उपत्यकामा वायु प्रदुषण कम गर्न अनुसन्धान, वायु गुणस्तर निगरानी र प्रमाणमा आधारित समाधानहरूको प्रवद्र्धनमा संलग्न एक गैर–नाफामुलक संस्था हो ।अनुसन्धान, डेटा, निगरानी र जनचेतना पहलहरू मार्फत, ताजा इनिसिएटिभ नेपालले भरपर्दो वातावरणीय जानकारीमा पहुँच सुदृढ गर्न र स्वस्थ सहरी वातावरणतर्फ प्रमाणमा आधारित कार्यहरूलाई समर्थन गर्न काम गर्दछ । संस्थाको शुभारम्भसँगै काठमाडौं उपत्यकाका १,२०० बासिन्दाहरूको नयाँ सर्वेक्षणका निष्कर्षहरू पनि सार्वजनिक गरिएको छ, जसले वायु प्रदुषणप्रतिको जनचासो र भरपर्दो वायु गुणस्तर जानकारीमा पहुँचबीचको ठूलो खाडललाई उजागर गरेको छ । ताजा इनिसिएटिभ नेपालद्वारा काठमाडौं उपत्यकाका १,२०० बासिन्दाहरूमा माझ गरिएको सर्वेक्षणले एक विरोधाभास देखाएको छ– जहाँ ८१.२% ले उपत्यकाको वायु प्रदुषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक रूपमा मुल्याङ्कन गरेका छन्, वायु गुणस्तर जाँच्नेहरूमध्ये ९४.१% ले आधिकारिक डेटाको सट्टा आफ्नै इन्द्रियहरू (गन्ध, दृश्यता, र आँखामा हुने जलन) मा मात्र भर पर्छन् । 

    images
    images

    प्रमुख सर्वेक्षण निष्कर्षहरू

    समग्रमा, ५२.३% बासिन्दाहरूले आफ्नो स्थानीय वायुको गुणस्तरलाई खराब देखि अति खराबको रूपमा मुल्याङ्कन गरेका छन् । उपत्यकाका प्रमुख सहरी केन्द्रहरूमा नकारात्मक धारणा विशेष रूपमा उच्च छ, ललितपुरमा ६०.९%, काठमाडौंमा ५९.२%, र भक्तपुरमा ५६.०% उत्तरदाताहरूले स्थानीय वायुको गुणस्तरलाई नकारात्मक रूपमा मुल्याङ्कन गरेका छन् । यसको तुलनामा, उत्तर काठमाडौंमा यो दर ३५.९% रहेको छ ।  वायु गुणस्तर कसरी जाँच्ने भन्ने ज्ञान शैक्षिक स्तर अनुसार उल्लेखनीय रूपमा भिन्न हुन्छ । प्राथमिक शिक्षा वा सोभन्दा मुनिका उत्तरदाताहरूमध्ये १०.८% ले मात्र वायु गुणस्तर जाँच्न जानेको बताएका छन्, जुन स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएकाहरूमा ६३.०% रहेको छ । डिजिटल निगरानी पनि युवा बासिन्दाहरूमा बढी केन्द्रित छ । वायु गुणस्तर सक्रिय रूपमा ट्र्याक गर्ने १८–२४ वर्ष उमेर समुहका उत्तरदाताहरूमध्ये ६०.३% ले वेबसाइटहरू प्रयोग गर्छन् र ४२.५% ले मोबाइल अनुप्रयोगहरू प्रयोग गर्छन् । 

    images
    images

    यद्यपि, यी तथ्यांकहरूले सम्प७त्रगयतसर्ण १८–२४ उमेर समुहको क्रमशः १४.१% र १०.०% लाई मात्र प्रतिनिधित्व गर्छन्, जसले अनुसन्धान वा निगरानी नगरिने व्यवहारको व्यापकता झल्काउँछ । मोटर सवारी साधन र यातायातका धुवाँलाई ९८.६% उत्तरदाताहरूले वायु प्रदुषणको प्रमुख स्रोतको रूपमा पहिचान गरेका छन्, जबकि ९४.८% ले सडक निर्माणको धुलोलाई एक महत्त्वपूर्ण योगदानकर्ताको रूपमा औल्याएका छन् । वायु प्रदुषणलाई सम्बोधन गर्न संस्थागत उपायहरूप्रति पनि जनसमर्थन बलियो छ । ७९.९ उत्तरदाताहरूले विस्तारित सार्वजनिक यातायात र विद्युतीय गतिशीलता (इलेक्ट्रिक मोबिलिटी) लाई समर्थन गर्छन्, जबकि ७१.५% ले कडा धुलो नियन्त्रण उपायहरू र सहरी हरियालीको पक्षमा समर्थन जनाएका छन् । साथै, ७०.४% ले वायु प्रदुषण न्युनीकरण गर्ने सरकारी प्रयासहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  वायु प्रदुषणबाट आफ्नो बचाउ गर्ने सन्दर्भमा, ८२.०% उत्तरदाताहरूले सर्जिकल मास्क वा स्कार्फमा भर पर्ने बताएका छन् । यद्यपि, ४३.४% ले वायु प्रदुषणबाट आफुलाई बचाउन कुनै पनि व्यक्तिगत कदम नचालेको बताएका छन् । 

    वायु प्रदुषणले उपत्यका छाड्ने दबाबमा पनि योगदान पुर्‍याइरहेको हुन सक्छ । काठमाडौं उपत्यका छाड्ने विचार गरिरहेका ७.२% उत्तरदाताहरूमध्ये ३९.१% ले खराब वायु गुणस्तरलाई यसको एक कारकको रूपमा औल्याएका छन्, जुन आर्थिक दबाब र महँगी (४७.८% ले अष्त गरेको) पछि दोस्रो स्थानमा छ । 

    सुचनाको खाडललाई मेटाउने आह्वान

    “सर्वेक्षणको तथ्यांकले एक गम्भीर विच्छेद (डिसकनेक्ट) देखाएको छ । पाँचमध्ये चार बासिन्दाहरू हावा उनीहरूको स्वास्थ्यका लागि हानिकारक छ भन्छन्, तथापि अधिकांश मानिसहरू आफूले श्वास फेर्ने हावा बुझ्न विज्ञानभन्दा आफ्नै इन्द्रियहरूमा भर पर्न बाध्य छन् । दशमध्ये छ जनालाई प्रदुषणको स्तर कसरी जाँच्ने भन्ने थाहा छैन ।” – रोशनी गिरी, कार्यकारी निर्देशक – ताजा इनिसिएटिभ नेपाल गिरीले थपिन् कि ताजा इनिसिएटिभ नेपाल काठमाडौं उपत्यकाका बासिन्दाहरूका लागि वायु गुणस्तरको तथ्यांकलाई थप पहुँचयोग्य, बुझ्न सकिने र कार्ययोग्य बनाएर यो सुचनाको खाडललाई मेटाउन प्रतिबद्ध छ । निष्कर्षहरूमा आधारित रहेर, ताजा इनिसिएटिभ नेपालको आगामी चरणले उपत्यकाभरि विस्तारित वायु गुणस्तर अनुसन्धान, पहुँचयोग्य डेटा प्लेटफर्महरू, र बलियो वायु गुणस्तर साक्षरता कार्यक्रमहरू मार्फत चासोलाई ज्ञान र कार्यमा रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्नेछ। यस संस्थाको लक्ष्य बासिन्दाहरूलाई भरपर्दो र बुझ्न सकिने जानकारी प्रदान गर्नु हो जसले उनीहरूलाई प्रदुषणको स्तर राम्ररी बुझ्न, सचेत निर्णयहरू गर्न र वायु गुणस्तर सुधार गर्ने प्रयासहरूमा थप अर्थपूर्ण रूपमा संलग्न हुन मद्दत गर्न सक्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend