images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • ‘फेसन फिभर सिजन २’ को ग्राण्ड...

‘फेसन फिभर सिजन २’ को ग्राण्ड फिनाले रामालयमा हुँदै

‘फेसन फिभर सिजन २’ को ग्राण्ड फिनाले रामालयमा हुँदै

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं । फेसन, सिर्जनशीलता तथा नयाँ प्रतिभाको संगम बन्ने तयारीमा रहेको ‘फेसन फिभर सिजन २’ को ग्राण्ड फिनाले एक समारोहबीच आयोजना हुने भएको छ । शनिवार साँझ आयोजना हुने फिनालेका लागि काठमाडौंस्थित भव्य तथा आकर्षक स्थल रामालयलाई कार्यक्रमको मुख्य भेन्युका रूपमा छनोट गरिएको छ ।विशेष वास्तुकला, आकर्षक आन्तरिक सजावट, विलासी वातावरण तथा फराकिलो कार्यक्रमस्थलका कारण रामालयले फेसन फिभरको ग्राण्ड फिनालेका लागि विशेष माहोल तयार गर्ने आयोजकको विश्वास छ । रामालयको भव्य बाहिरी संरचना, सुन्दर बैंक्वेट हल, आकर्षक डाइनिङ स्पेस तथा हरियालीले घेरिएको रमणीय कोर्टयार्डले कार्यक्रमलाई थप आकर्षक बनाउने छ ।

    images
    images

    धुनिक शैली र राजसी वातावरणको मिश्रण रहेको रामालयको परिवेश ‘फेसन फिभर सिजन २’ को अवधारणासँग समेत मेल खाने आयोजकको भनाइ छ । फिनालेमा विभिन्न नयाँ मोडल, डिजाइनर, फेसन ब्रान्ड, सिर्जनशील क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको सहभागिता रहने छ ।फेसन फिभर २ को आयोजक संस्थाले जनाए अनुसार रामालयले फिनालेका लागि भेन्यु उपलब्ध गराउनुका साथै फेसन फिभरको यात्रामा मोडलहरूको ओरिएन्टेसन तथा प्रशिक्षण गतिविधिका लागिसमेत स्थान उपलब्ध गराउँदै सहयोग गरेको छ । यसले प्रतियोगितामा सहभागी मोडलहरूलाई ग्राण्ड फिनालेका लागि आवश्यक तयारी गर्न थप सहज भएको आयोजकको भनाइ छ ।‘फेसन फिभर सिजन २’ ले नयाँ प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै फेसन उद्योगमा सक्रिय व्यावसायिक व्यक्तिहरूसँग जोडिने र आफ्नो करियरलाई अगाडि बढाउने प्लेटफर्मका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य लिएको छ ।

    रामालयको भव्य पृष्ठभूमिमा आयोजना हुन लागेको यसपटकको ग्राण्ड फिनालेमा रनवे फेसन, नयाँ प्रतिभा र नेपाली सिर्जनशील उद्योगको सम्भावनालाई एकै मञ्चमा प्रस्तुत गरिनेछ । आयोजकका अनुसार कार्यक्रमले नेपाली फेसन क्षेत्रमा उदाउँदै गरेका प्रतिभालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।‘फेसन फिभर सिजन २’ उदाउँदै गरेका प्रतिभालाई स्पटलाइटमा ल्याउने मञ्चका रूपमा ग्राण्ड फिनालेको तयारीमा छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend