images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • नागढुंगा सुरुङमा अनधिकृत प्रवेश गर्ने तीन...

नागढुंगा सुरुङमा अनधिकृत प्रवेश गर्ने तीन दुईपांग्रे कारबाहीमा

नागढुंगा सुरुङमा अनधिकृत प्रवेश गर्ने तीन दुईपांग्रे कारबाहीमा

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । नागढुंगा सुरुङ मार्गमा अनधिकृत रूपमा छिरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको आँखा छलेर केही दिनअघि ४ वटा मोटरसाइकल र स्कुटर सुरुङ मार्गमा प्रवेश गरेका थिए ।धादिङको नौबिसेतिरबाट सुरुङमा छिरेका २ वटा मोटरसाइकल र एउटा स्कुटरलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले  बताए । ट्राफिक प्रहरीले बागमती प्रदेश–०२–०५१ प ५९९७ नम्बरको स्कुटर, गण्डकी प्रदेश–३–००१–१४३३ र बीएएबी १०७२ नम्बरको मोटरसाइकललाई जरिवाना गरेको हो । ती मोटरसाइकललाई निषेधित ठाउँमा सवारी चलाएको कसुरमा ५ सय देखि १५ सयसम्म जरिवाना गरिएको एसपी सुवेदीले जानकारी दिए ।

    images
    images

    नागढुंगा सुरुङभित्र सुरक्षाका कारण दुईपांग्रे सवारी साधन, पैदल यात्रु, तीनपांग्रे सवारी साधन र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको छ । तर, नियम उल्लङ्घन गरेर दुईपांग्रे सवारी त्यहाँ अनधिकृत रूपमा प्रवेश गर्ने गरेका छन् । सुरुङ मार्ग सञ्चालन भएदेखि हालसम्म ३२ वटा दुईपांग्रे सवारीलाई कारबाही गरिएको एसपी सुवेदीलाई बताए ।पछिल्लो समय एउटा मोटरसाइकल नागढुंगा तर्फको भागबाट छिरेर नौबिसे निस्किएको सीसीटिभीमा देखिएको छ । सो सवारीलाई ट्राफिक प्रहरीले खोजिरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend