images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • सेयर बजार २.३१ अंकले बढ्यो, ...

सेयर बजार २.३१ अंकले बढ्यो, करिब ४ अर्बको कारोबार

सेयर बजार २.३१ अंकले बढ्यो, करिब ४ अर्बको कारोबार

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ ।  बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन घटेको बजार आज बढेर कारोबार भएको हो । दिनभरको उतारचढाब बीच सेयर बजार २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १२७ कम्पनीको सेयर मूल्य घटेको छ भने १४० कम्पनीको बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.८१ अंकले बढेर ४६२.०४ विन्दुमा पुगेकोछ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । परिसूचक सामान्य बढेको दिन करिब ४ अर्बको कारोबार भएको छ । आज ३५४ कम्पनीका १ करोड १२ करोड ३३ हजार ६३६ कित्ता सेयर ४३ हजार ८१२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend