images

२०८३ आश्विन २२ गते

images
images
images

सन नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

सन नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ५२ हजार ८२७ कित्ता सेयर बिक्रीमा राखेको हो ।संस्थापक बिक्री गर्दा संस्थापक सेयरधनीलाई प्राथमिकता दिनु पर्ने भएकोले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको समय राखेर सूचना जारी गरिएको छ । उक्त अवधिमा सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले के कति कित्ता सेयर खरीद गरी लिने हो खुलाई यस कम्पनीको कर्पोरेट कार्यालय, पुतलीसडक, काठमाडौंमा आई पुग्ने गरी निवेदन दिनु पर्ने छ ।

    images
    images

    बिक्री गरिने संस्थापक सेयरको बिक्री मुल्य प्रचलित मुल्य भन्दा कम नहुने गरी बिक्रीकर्ताले तोके बमोजिम हुनेछ । साथै बिक्रेताले तोकेको प्रति कित्ता सेयर मुल्य सम्बन्धि जानकारीको लागि कम्पनीको कानुन विभागमा सम्पर्क गर्नु पर्ने छ । उल्लेखित म्याद भित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदको लागि निवेदन पेश हुन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने सम्बन्धि आवश्यक कारवाही अघि बढाईने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend