काठमाडौं ।नेशनल लघुवित्तले संस्थापक समूहको ५१ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ७ जना संस्थापकको नाममा रहेको ५१ हजार २९ कित्ता सेयर बिक्रीमा राखेको हो ।उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । उक्त समय भित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको लागि कुनै आवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानून बमोजिम इच्छुक सर्वसाधारणहरुमा उक्त संस्थापक सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
कम्पनील संस्थापक सेयरधनी मिलन कोइरालाको नाममा रहेको ९ हजार कित्ता, युवराज दाहालको नाममा रहेको ७ हजार ८५६ कित्ता, उदय कुमार कटुवालको नाममा रहेको २ हजार १७८ कित्ता, विजय तिम्सिनाको नाममा रहेको २ हजार १७८ कित्ता, गोमादेवी चुडालको नाममा रहेको ७ हजार ८१७ कित्ता, गणेशमान मुखियाको नाममा रहेको ५ हजार कित्ता र देवी प्रसाद संग्रौलाको नाममा रहेको १७ हजार कित्ता सेयर बिक्रीमा राखेको छ ।




.gif)



