काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक तथा अनुसन्धानकर्ता भिष्म कार्की विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा समावेश भएका छन्। Elsevier र Stanford University को अनुसन्धानमा आधारित Top 2% Scientists List मा कार्कीको नाम सन् २०२५–२०२६ का लागि परेको हो।सार्वजनिक विवरणअनुसार कार्कीको मुख्य अनुसन्धान क्षेत्र Physics & Astronomy रहेको छ। यसअन्तर्गत उनको विशेष अनुसन्धान उपक्षेत्र Chemical Physics हो।
विश्वव्यापी वरीयतामा कार्की ४२ हजार ६८३औँ स्थानमा रहेका छन्। Chemical Physics उपक्षेत्रतर्फ भने उनको विश्वव्यापी र्याङ्क ५३१ रहेको विवरणमा उल्लेख छ।अनुसन्धान क्षेत्रमा कार्कीको H-index २२ तथा Hm-index ७ रहेको छ वैज्ञानिकको अनुसन्धान प्रकाशन, प्रभाव र योगदानको मूल्यांकन गर्न H-index लगायतका सूचक प्रयोग गरिन्छन्।Elsevier बाट प्राप्त तथ्यांक तथा Stanford University को Top 2% Scientists सम्बन्धी सूचीलाई आधार बनाएर तयार गरिएको प्रोफाइलमा कार्कीलाई सन् २०२५–२०२६ को Top 2% Listed




.gif)



