images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • सार्वजनिक यातायातमा महिलालाई क्याबिन सिटमा नराख्न...

सार्वजनिक यातायातमा महिलालाई क्याबिन सिटमा नराख्न महासंघको निर्देशन

सार्वजनिक यातायातमा महिलालाई क्याबिन सिटमा नराख्न महासंघको निर्देशन

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातमा यात्रा गर्ने महिलाहरूको क्याबिन सिटमा महिला यात्रुहरूलाई नराख्न देशभरका यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ले महिलाहरूलाई सवारी साधनको क्याबिन सिटमा राख्दा उनीहरूको सुरक्षा र सहजतामा समस्या हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको जानकारी दिए ।

    images
    images

    अध्यक्ष सिटौलाले बिहीबार  भने,‘क्याबिनमा महिला यात्रुहरूलाई राख्दा उनीहरूलाई असहज महसुस हुन सक्छ, त्यसैले हामीले महिला दिदीबहिनीहरूलाई क्याबिन सिटमा नराख्न र उनीहरूका लागि सुरक्षित सिटको व्यवस्था गर्न देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका छौं ।’उनले यो व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्दै यदि कसैले महिलालाई क्याबिनमै राखेको पाइएमा वा टिकट काट्दा बेवास्ता गरेको भेटिएमा सम्बन्धित निकायबाट कारबाही हुने चेतावनी दिए ।

    दसैँ–तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूको चाप बढ्ने र त्यसक्रममा महिला यात्रुहरूलाई क्याबिनमा कोचेर लैजाने प्रवृत्ति रोक्न महासंघले अग्रिम बुकिङमा विशेष निगरानी बढाएको जनाएको छ । महासंघले यात्रुहरूलाई टिकट काट्दा नै आफ्नो सिट नम्बर र स्थानबारे निश्चित हुन आग्रह गरेको छ ।महासंघका अनुसार, अब हरेक टिकट काउन्टरमा महिलाका लागि छुट्टै र सुरक्षित सिटको व्यवस्था समेत अनिवार्य गरिएको छ । ‘हामीले गाडीका कर्मचारीहरूलाई महिला यात्रुहरूलाई प्राथमिकताका साथ सुरक्षित सिटमा राख्न र क्याबिन सिटमा नराख्न स्पष्ट भनिसकेका छौं,’अध्यक्ष सिटौलाले भने । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend