images

२०८३ आश्विन १६ गते

images
images
images

मुख्यमन्त्रीको एक महिनाको पारिश्रमिक विद्यालयलाई

मुख्यमन्त्रीको एक महिनाको पारिश्रमिक विद्यालयलाई

images
images
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • टीकापुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक आफू पढेको विद्यालय वीरेन्द्र विद्या मन्दिरको स्वर्णमहोत्सवलाई दिने घोषणा गर्नुभएको छ ।

    images
    images

    ‘म पढेको विद्यालयको स्वर्ण महोत्सवमा एक महिनाको पारिश्रमिक दिन्छु, देश विदेशमा रहेका, पेशा व्यवसायमा रहेका, सरकारी निकायमा बसेका पूर्व विद्यार्थीले थोरथोरै सहयोग गरे ठुलो सहयोग जुटछ’ आइतबार वीरेन्द्र विद्या मन्दिर टीकापुरको स्वर्ण महोत्सवको अवसरमा निर्माण गरिन लागेको स्वर्ण महोत्सव स्तम्भको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले भन्नुभयो, ‘आवश्यक सहयोग प्रदेश सरकारले पनि गर्छ ।’

    मुख्यमन्त्री शाहले बझाङमा स्थापना भएको सत्यवती मावि र टीकापुरमा स्थापना भएको वीरेन्द्र विद्या मन्दिर सुदूरपश्चिमको शैक्षिक धरोहर भएको बताउनुभयो । विद्यालयको नामले नै शैक्षिक नगरी भनेर चिनिएको टीकापुरलाई स्थापित गर्न सुदूरपश्चिम प्रदेश सरकारले टीकापुरमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको पनि मुख्यमन्त्री शाहले बताउनुभयो । 

    images
    images

    सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले ५० वर्षअघि स्थापना भएको विद्यालयले देशका लागि धेरै कर्मचारी, नेताहरु जन्माएको र सुदूरपश्चिममा मात्र मुख्यमन्त्री, एक जना मन्त्री र दुई जना बहालवाला सदस्य विद्यालयका पूर्व विद्यार्थी रहेको बताउनुभयो । आफू पूर्व विद्यार्थी, खेलाडी, कलाकार हुँदै मन्त्री भएको तर विद्यालयका भौतिक संरचना जिर्णोद्वार गर्नुपर्ने अवस्थामा पुगेकाले टीकापुरमा शैक्षिक लगानी गरी शैक्षिक पर्यटकीय केन्द्रको रूपमा विकास गरिने बताउनुभयो ।

    स्नातकोत्तरसम्मको पढाइ हुने वीरेन्द्र विद्या मन्दिरको स्वर्ण महोत्सव २०८१ फागुन ९ गतेदेखि ११ गतेसम्म टीकापुरमा हुने र राष्ट्रपति रामचन्द्र पौडेल महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको छ । स्वर्ण महोत्सवमा एक महिनाको पारिश्रमिक दिनु भएकोमा मुख्यमन्त्री र शिलान्यास कार्यक्रममा सहभागी हुनु भएकोमा उद्योग पर्यटनमन्त्री चौधरीलाई महोत्सव आयोजक समितिका सदस्य लोकबहादुर खडकाले धन्यवाद दिनुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend