images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • नेपाल एसबिआईको साधारण सभा पुस २१...

नेपाल एसबिआईको साधारण सभा पुस २१ गते

नेपाल एसबिआईको साधारण सभा पुस २१ गते

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा पुस २१ गते आयोजना गर्ने घोषणा गरेको छ। बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकमा सभा भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बस्ने निर्णय गरिएको हो।

    images
    images

    सभामा बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव राख्नेछ।

    प्रस्तावित वित्तीय निर्णयहरू
    सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरण पनि छलफल गरी पारित गरिनेछ। साथै, चालु आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्न पनि प्रस्ताव गरिएको छ।

    images
    images

    मर्जर र नियमावली संशोधनको प्रस्ताव
    सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

    बुक क्लोज मिति
    सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, पुस ८ गतेसम्म कायम सेयरधनीहरूले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend