काठमाडौँ । पाँच कारोबार दिन निरन्तर घटेपछि बुधबार शेयर बजारमा हरियाली देखिएको छ । गत साताको बुधबारदेखि निरन्तर घट्दै गएर पाँच कारोबार दिनमा १०५.९९ अंकले घटेको नेप्से परिसूचक आज ४५.८८ अंकले बढ्यो ।
यसदिन दुई हजार ७१५.७१ बिन्दुमा बजार बन्द भएको छ । अघिल्लो बुधबारदेखि निरन्तर घट्दै गएको नेप्से परिसूचक मंगलबारसम्म दुई हजार ६६९.८२ अंकमा झरेको थियो ।
आज सेन्सेटिभ इन्डेक्स ९.७५, फ्लट इन्डेक्स ३.३९ र सेन्सेटिभ फ्लट इन्डेक्स ३.३८ अंकले बढेको छ भने म्युचुअल फण्डबाहेक १२ उपसमूहको शेयर बढेको छ ।




.gif)





