काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषित लाभांश संशोधन गरेको छ।
यसअघि कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो।
अहिले कम्पनीले बोनस सेयर र नगद लाभांशमा भने केही मात्रामा थपघट गरेको हो। जसअनुसार अब कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।




.gif)





