images

२०८३ आश्विन १५ गते

images
images
images
  • कर्पोरेट
  • रिलायन्स फाइनान्स र लुम्बिनी लायन्सबीच एनपिएल...

रिलायन्स फाइनान्स र लुम्बिनी लायन्सबीच एनपिएल २०२४ को लागि सहकार्य

रिलायन्स फाइनान्स र लुम्बिनी लायन्सबीच एनपिएल २०२४ को लागि सहकार्य

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं, १४ मंसिर । रिलायन्स फाइनान्स लिमिटेड कमलादी काठमाडौंले नेपालको एक अग्रणी वित्तीय संस्थाले आगामी नेपाल प्रिमियर लिग २०२४ को लागि लुम्बिनी लायन्स फ्रान्चाइजी सँग प्रायोजन सम्झौता गरेको छ ।

    images
    images

    रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट प्रबन्धक राजजंग थापाको उपस्थितिमा उक्त एमओयूमा हस्ताक्षर भएको हो ।

    रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्त साझेदारको रुपमा साझेदारी गरेको छ । यो साझेदारीले नेपाली खेलकुदको विकास र वृद्धिप्रति रिलायन्स फाइनान्सको प्रतिबद्धतालाई हाइलाइट गरेको कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीका अनुसार नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स फ्रान्चाइजीले अनुभवी र प्रतिभाशाली अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीहरूको समूहलाई समेटेको छ।

    विराट कोहलीको आरसीबीलाई पराजित गर्ने २०१६ को आईपीएल फाइनलका बेन कटिङ, भारतको यु १९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द, इङ्ल्यान्डका उदीयमान स्टार टम मूर्स, क्यानडाका कप्तान साद बिन जाफर, र वेस्ट इन्डियन रामोन सिमन्ड्स सँगै फ्रान्चाइजीका सबैभन्दा ठूलो विदेशी स्टार हुन्। विवेक यादव, सन्दीप जोरा र सूर्य तामाङ फ्रेन्चाइजका राष्ट्रिय स्टार हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend