काठमाडाैँ । नेपाल पर्यटन बोर्डको सीईओका लागि ११ जना उम्मेदवार सर्टलिष्ट परेका छन् । परीक्षणका आधारमा उच्च अंक प्राप्त गर्ने ११ जनाको सूची तयार पारिएको हो । बोर्डको कार्यकारी प्रमुख छनोट उपसमितिले दोस्रो पटक सर्टलिस्टमा परेकाहरूले तत्क्षणिक समस्या समाधान परीक्षणका लागि फेरि बिहान पुनः बोर्डमा उपस्थित हुनुपर्ने भएको छ । छनोट भएका ११ उम्मेदवारहरुमा चितवनका आशुतोष प्रधान, चितवनकै उत्तम प्रसाद देवकोटा, इलामका टेक बहादुर महत, मोरङका नोजल कोइराला, काठमाडौंकी युविका भण्डारी, भक्तपुरका रोहिणीप्रसाद खनाल, दाङका लक्ष्मण गौतम, ताप्लेजुङकी श्रद्धा श्रेष्ठ, रुपन्देहीका श्री प्रसाद भट्टराई, बैतडीका सुरेश सिंह बुडाल र कन्चनपुरका हिक्मतसिंह ऐर सर्टलिस्टमा परेका छन् । अब उनीहरुको अन्तरवार्ता तथा प्रस्तुती हुनेछ ।
बोर्डको कार्यकारी प्रमुख नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) बमोजिम सम्पन्न रणनीतिक कार्ययोजनामा आधारित छनोट प्रक्रियाबाट सुरुमा १६ उम्मेदवार छानिएको थियो । यसअघि उनीहरुलाई शैक्षिक योग्यता र अनुभवका सक्कल कागजातसहित पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन भनिएको थियो । सोही दिन उम्मेदवारले तत्कालिक प्रस्तुतीकरणसमेत दिएका थिए ।




.gif)



.gif)
