images

२०८३ मंसिर १२ गते

images
images
images

६३ वर्षपछि पुनर्निर्माण भयो राराको ऐतिहासिक महेन्द्र चौतारी

६३ वर्षपछि पुनर्निर्माण भयो राराको ऐतिहासिक महेन्द्र चौतारी

images
images
शुक्रवार, मंसिर ११ २०८३
शुक्रवार, मंसिर ११ २०८३
  • मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ ।लामो समयदेखि संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बनेको चौतारी नेपाली सेनाको पहल तथा विभिन्न सरकारी निकाय, स्थानीय संस्था र व्यवसायीको सहकार्यमा पुनर्निर्माण गरिएको हो ।रारा राष्ट्रिय निकुञ्जको हुटुस्थित नेपाली सेनाको हनुमान् ध्वज गुल्मको अग्रसरतामा चौतारी पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी पदमबहादुर बुढाले चौतारीको उद्घाटन गरे ।

    images
    images

    स्थानीय समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार २०२० सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह रारा भ्रमणमा आउँदा मिलिचौरमा आफ्नै नाममा यो चौतारी निर्माण गरेका थिए । उनले यही चौतारीमा बसेर राराको सौन्दर्यबाट प्रभावित भई ‘हिमालमा नेपाल कहाँबाट झर्यौ तिमी स्वर्गकी अप्सरा रारा’ कविता रचना गरेकाे स्थानीय बुढापाका बताउँछन् ।राजा महेन्द्रको भ्रमण र उाले राराको सुन्दरताबारे कविता रचना गरेको प्रसङ्गले चौतारीलाई ऐतिहासिक महत्व दिएको स्थानीय रोकायाले बताए । रारा ताललाई महेन्द्र तालका नामले समेत चिनिन्छ ।विसं २०२० मा निर्माण भएको चौतारी उचित संरक्षण र मर्मतसम्भारको अभावमा क्रमशः जीर्ण बन्दै गएको थियो । यसको संरक्षण र पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक सम्पदा नै लोप हुने जोखिम बढेको उनले बताए ।

    चौतारी पुनर्निर्माणमा रारा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डाँफे होटल तथा लज, मष्टो कुलदेवता प्रतिष्ठान, स्मार्ट कटेज तथा रेष्टुरेन्ट र मनकामना रिसोर्टलगायत सङ्घसंस्थाले सहयोग गरेका छन् । पुनर्निर्माणपछि महेन्द्र चौतारीले रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ । रारा आउने पर्यटक चौतारीमा बसेर तालको दृश्यावलोकन गर्ने तथा तस्बिर र श्रव्यदृश्य पनि खिच्ने गरेका छन् ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend