images

२०८३ मंसिर १३ गते

images
images
images
  • उर्जा
  • वर्षायामको बिजुली बेचेर प्राधिकरणले कमायो २०...

वर्षायामको बिजुली बेचेर प्राधिकरणले कमायो २० अर्ब ४८ करोड रुपैयाँ

वर्षायामको बिजुली बेचेर प्राधिकरणले कमायो २० अर्ब ४८ करोड रुपैयाँ

images
images
आइतवार, मंसिर १३ २०८३
आइतवार, मंसिर १३ २०८३
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।प्राधिकरणले साउनदेखि कात्तिकसम्म आन्तरिक खपतपछि बचत भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरेको हो । उक्त विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्क छ ।चार महिनाको अवधिमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको छ । कात्तिकमा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ । उक्त महिनाको औसत बिक्री दर प्रतियुनिट ७ रुपैयाँ ६८ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

    images
    images

    महिनागत विवरणअनुसार साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यात गरी ५ अर्ब १३ करोड ३९ लाख रुपैयाँ आम्दानी भएको थियो । भदौमा ५७ करोड ८७ लाख युनिट निर्यातबाट ५ अर्ब २२ करोड ९२ लाख रुपैयाँ प्राप्त भएको थियो ।त्यस्तै, असोजमा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात भएको थियो । उक्त महिनामा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । असोजमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको थियो ।प्राधिकरणले आन्तरिक खपतपछि बचत भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ ।त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीच भएको त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् निर्यात हुँदै आएको छ । प्रत्येक वर्ष वर्षायामको छ महिना अर्थात् जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने गरेको छ ।प्राधि

    करणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुग्दा केही आयोजनाको उत्पादन बन्द भएको बताए । यसले चालु वर्ष विद्युत् निर्यात प्रभावित भएको उनको भनाइ छ ।निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको उनले बताए ।गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो ।गत आर्थिक वर्षमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो । यससँगै नेपाल पछिल्ला दुई वर्षदेखि विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend