images

२०८३ मंसिर १२ गते

images
images
images
  • शेयर
  • हिमालयन लघुवित्तले ५ प्रतिशत बोनस सेयर...

हिमालयन लघुवित्तले ५ प्रतिशत बोनस सेयर दिने, पुस ८ गते १५औँ वार्षिक साधारणसभा

हिमालयन लघुवित्तले ५ प्रतिशत बोनस सेयर दिने, पुस ८ गते १५औँ वार्षिक साधारणसभा

images
images
बिहिवार, मंसिर १० २०८३
बिहिवार, मंसिर १० २०८३
  • हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधाणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ८ गतेका लागि १५ औँ वार्षिक साधाणसभा बोलाएको हो ।कम्पनीले घोषणा गरेको लाभांश सहितका प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारणसभा बोलाएको हो । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ । साधारणसभामा सामान्य प्रस्तावका रुपमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, मिति २०८२/०४/०१ गतेदेखि २०८३ असार मसान्तसम्मको नाफा वा नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र सम्बन्धित लेखा टिप्पणी तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र सञ्चालक समितिले सिफारिस गरे अनुरुप नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएबमोजिम हाल कायम रहेको संस्थाको कुल चुक्ता पूँजी रु. ३४,१०,८६,०३५.८४ को ०.२५ प्रतिशतले हुन आउने नगद लाभांश रकम रु. ८,५२,७१५.०९ बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने प्रस्तावहरु माथि छलफल गरि पारित गर्ने छ ।

    images
    images

    त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८३/८४ को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान बाह्य लेखापरीक्षक श्री सुन्दर एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्, पुल्चोक ललितपुर पूनः नियुक्तिका लागि योग्य हुनुहुन्छ ) र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि सभामा पेश हुने छन् ।विशेष प्रस्तावका रुपमा सञ्चालक समितिले सिफारिस गरे अनुरुप नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएबमोजिम आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबा हाल कायम रहेको संस्थाको कुल चुक्ता पूँजी रु. ३४,१०,८६,०३५.८४ को ४.७५ प्रतिशतले हुन आउने रकम रु. १,६२,०१,५८६.७० बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ख) र (ग) मा संशोधन प्रस्ताव पारित गर्ने । साथै, प्रबन्धपत्रमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न निर्देशन वा सुझाव दिएमा सोही अनुरुप गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

    त्यस्तै यस वित्तीय संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्न, संस्थाको चल अचल सम्पत्ती र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्न तथा गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी समझदारीपत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गते एक दिन बुक क्लोज गर्ने छ । यस अनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभा तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend