images

२०८३ मंसिर १२ गते

images
images
images
  • शेयर
  • रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता...

रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ

रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ४६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक सेयरधनी ग्लोबल आईएमई बैंकको नाममा रहेको ४६ लाख ७७ हजार १२० कित्ता सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    उक्त सेयरको प्रति कित्ता न्यूनतम मूल्य २५० रुपैयाँ रहेको छ । संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने छन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।आवेदन कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा दिनु पर्ने छ । आवेदन दिदाँ नागरिकता र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, आयश्रोत खुल्ने कागजात, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्रवाट कालोसूचीमा नपरेको प्रमाण र कम्पनी र संस्थाको हकमा दर्ता प्रमाणपत्र प्रवन्धपत्र, नियमावली, स्थायी लेखा नम्बर समावेश गर्नु पर्ने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend