images

२०८३ कार्तिक २९ गते

images
images
images

कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान

कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान

images
images
शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • भोजपुर, २८ कात्तिक । भोजपुरको अरुण गाउँपालिकाका स्थानीयवासी हराउँदै गएको परम्परागत कोगटी  खेतीको संरक्षणसँगै आयआर्जनमा जुटेका छन् । परम्परागत खेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै स्थानीय उत्पादनबाट आर्थिक लाभ लिन किसान कोगटी खेतीमा सक्रिय भएका हुन् ।

    images
    images

    अरुण गाउँपालिका–६ का वडाध्यक्ष गणेश राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी र चोम्ताङ क्षेत्रमा कोगटी खेती बढी हुने गरेको छ । ती क्षेत्रका २५ देखि ३० घरधुरीले व्यावसायिक रूपमा कोगटी खेती गर्दै आएका छन् । वडाले पनि परम्परागत रूपमा गर्दै आएको कोगटीबाट कपडा बनाउने तथा खेती प्रणालीलाई संरक्षणमा जोड दिएको उनको भनाइ छ । 

    कोगटीबाट तयार गरिएको हातले बुनेको कपडाको बजारमा राम्रो मूल्य पाउने भएपछि किसान यस खेतीप्रति आकर्षित भएका छन् । अरुण गाउँपालिकाका किसान देवकुमार राईले कोगटीबाट तयार गरिएको एक थान दौरा सुरुवालको कपडा रु २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने बताएका छन् । कोगटीको हातले तयार गरिएको दौरा सुरुवालको बढी माग हुने गरेको उहाँको भनाइ छ । 

    images
    images

    यस खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको राईले जानकारी दिएका छन् । “कोगटी खेती हाम्रो आम्दानीको स्रोत बनेको छ”, उनले भने, “लोप हुँदै गएको कोगटी खेतीको संरक्षणसँगै आयआर्जन बढाउने उद्देश्यले हामी यसको खेतीमा जुटेका छौँ ।”

    कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन गरिन्छ । उत्पादित धागोलाई परम्परागत तानमा बुनेर दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाल लगायतका कपडा तयार गरिन्छ । स्थानीयस्तरमा उत्पादन हुने कोगटीका कपडाको बजारमा माग राम्रो रहेको कृषक दर्जकुमार राईले बताएका छन् । उनका अनुसार किसान यो क्षेत्रमा समूह गठन गरेर  सामूहिक कोगटी खेती गर्दै आएका छन् ।

    कोगटी खेतीको संरक्षण तथा विस्तारका लागि गाउँपालिकाले किसानलाई उन्नत जातका बीउ, खेतीका लागि आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै जनाएको छ  । कोगटीबाट उत्पादित धागोको प्रयोग गरी हातबाट कपडा तयार गर्ने सीप विकासका लागि तालिम सञ्चालनसँगै किसानलाई आवश्यक सहयोग गर्दै आएको  गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिएका छन् ।

    परम्परागत कोगटी खेतीको संरक्षण, उत्पादन वृद्धि र कपडा निर्माणसम्बन्धी सीप विकासमार्फत स्थानीय किसानको आयआर्जन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend