images

२०८३ कार्तिक २९ गते

images
images
images

गाईपालनबाट वार्षिक ११ लाख आम्दानी,

गाईपालनबाट वार्षिक ११ लाख आम्दानी,

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • इलाम । इलामको सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महत व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले गाईपालन व्यवसाय मार्फत आफू स्वरोजगार बन्नुका साथै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् ।

    images
    images

    चार वर्षअघि रु.३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गरेका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच वटा दुहुना छन् भने पाँच वटा ब्याउने अवस्थामा छन् । फार्ममा १४ वटा बाच्छीसमेत हुर्किरहेका छन् ।

    महतले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गरी प्रतिलिटर रु। ५५ देखि ६० का दरले नजिकैको सहकारीमा बिक्री गर्दै आएका छन् । दूध बिक्रीबाट वार्षिक करिब रु.११ लाख आम्दानी हुने उनले बताए । यद्यपि, लगानी र लागतअनुसार दूधको मूल्य कम पाएको उनको गुनासो छ ।

    images
    images

    गाईपालन व्यवसायबाट दुई स्थानीय युवाले समेत रोजगारी पाएका छन् । उनीहरूलाई खानबस्नको सुविधासहित मासिक रु.१८ हजार तलब उपलब्ध गराउँदै आएको महतले बताए ।

    फार्मका लागि आवश्यक घाँस उत्पादन गर्न उनले ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो लगायतका घाँस लगाएका छन् । गाईपालनसँगै उनले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुस खेती र बाँकी क्षेत्रमा चियाखेतीसमेत गर्दै आएका छन् । गाईको मल आफ्नै कृषि खेतीमा प्रयोग गर्ने गरेको उनले बताए ।

    गाउँमै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सन्देश दिन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महतको भनाइ छ । युवाहरू रोजगारीका लागि विदेशिनुभन्दा स्वदेशमै कृषि तथा पशुपालनमा लागेर आत्मनिर्भर बन्नुपर्नेमा उनले जोड दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend