images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • शेयर कर्जा तीन महिनामा १६ अर्बले...

शेयर कर्जा तीन महिनामा १६ अर्बले बढेर १ खर्ब ५ अर्ब पुग्यो

शेयर कर्जा तीन महिनामा १६ अर्बले बढेर १ खर्ब ५ अर्ब पुग्यो

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शेयर लगानीकर्तालाई शेयर खरीद गर्न दिने कर्जा चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा १५ अर्ब ७३ करोड २० लाख रुपियाँले बढेको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकबाट प्राप्त असोज मसान्तसम्मको तथ्यांकअनुसार कर्जा बक्यौता (आउट स्ट्यान्डिङ)का आधारमा पहिलो त्रैमासमा मार्जिन प्रकृतिको कर्जा १५ अर्ब ७३ करोड रुपियाँले बढेको हो ।

    गत असार मसान्तसम्म यस अन्तर्गत ९० अर्ब नौ करोड ३० लाख रुपियाँ कर्जा प्रवाह भएको थियो । असोज मसान्तसम्म आउँदा त्यो बढेर एक खर्ब पाँच अर्ब ८२ करोड ५० लाख रुपियाँ पुगेको छ । 

    images
    images

    समीक्षा अवधीमा साउनमा एक अर्ब ३५ करोड रुपियाँ, भदौमा आठ अर्ब ३० करोड रुपियाँ र असारमा छ अर्ब सात करोड ८० लाख रुपियाँले यस्तो कर्जा बढेको छ ।

    असोजसम्म आउँदा बैंक तथा वित्तीय संस्थाहरुले शेयर खरीद गर्ने प्रयोजनका लागि लगानीकर्तालाई दिएको कुल कर्जा एक खर्ब पाँच अर्ब ८२ करोड ५० लाख रुपियाँ पुगेको छ । त्यसमा बाणिज्य बैंकहरुले मात्रै ८४ अर्ब २१ करोड १० लाख रुपियाँ ऋण दिएका छन् । 

    यसैगरि विकास बैंकहरुले १७ अर्ब ३८ करोड २० लाख रुपियाँ र वित्त कम्पनीले चार अर्ब २३ करोड २० रुपियाँ यस्तो कर्जा प्रवाह गरेको तथ्यांकमा देखिन्छ ।समीक्षा महिनामा बाणिज्य बैंकहरुले १३ अर्ब ८६ करोड ५० लाख रुपियाँ र विकास बैंकहरुले एक अर्ब ७८ करोड ८० लाख रुपियाँले यस्तो कर्जा प्रवाह बढाएका छन् । वित्त कम्पनीहरुको यस्तो कर्जा प्रवाह भने पाँच करोड ३० लाख रुपियाँले घटेको छ । 

    गत आवभरमा १३ अर्ब ५५ करोड रुपियाँले यस्तो कर्जा बढेको देखिन्छ । २०८० असारसम्म यस्तो कर्जा प्रवाह ७६ अर्ब ५३ करोड ५० लाख रुपियाँ थियो । २०८१ असारसम्म आउँदा त्यो ९० अर्ब रुपियाँ पुगेको थियो । चालु आवको तीन महिनामै गत आवको भन्दा पनि धेरै शेयर कर्जा प्रवाह भएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से)मा सूचीकृत कम्पनीहरुको शेयर किन्न बैंकहरुले लगानीकर्तालाई शेयर धितोमा ऋण दिन्छन्, जसलाई मार्जिन प्रकृतिको कर्जा भनिन्छ । त्यस्तो प्रकृतिको कर्जाको माग बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले पुष्टी गरेको छ । 

    बिशेषगरि शेयर बजार बढ्ने आशामा पछिल्लो समय शेयर बजारमा लगानी पनि बढेको छ । त्यसले गर्दा यस्तो कर्जाको माग पनि उच्च भएको बैंकहरु बताउँछन् । नयाँ कर्जा प्रवाह मात्रै त यो भन्दा पनि बढी हुन सक्ने बैंकहरु बताउँछन् । यस अवधीमा कतिपय ऋण सम्झौता तालिकाअनुसार फिर्ता पनि भएको हुन सक्छन । त्यो समायोजन गर्दा बढेको कर्जा कम देखिएको हो, त्यो समायोजन नगर्दा यस अन्तरगत प्रवाह भएको नयाँ कर्जा अझ बढी देखिन सक्ने बैंकहरुको भनाइ छ । तर, त्यसरी तथ्यांक बनाउने गरिएको छैन । 

    लामो समय शिथिल जस्तै रहेको शेयर बजार अर्थात् नेप्से परिसुचक असार १७ यता बढ्न थालेको थियो । असार १७ गते दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदार बन्ने सहमति भएको थियो । त्यसपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र एमाले नेपाल बिष्णु पौडेल अर्थमन्त्री हुने भएपछि शेयर बजार बढेको थियो । यद्यपि, उनीहरु असार ३० गते मात्रै प्रधानमन्त्री र अर्थमन्त्री नियुक्ति भएका थिए । तर, त्यससम्बन्धी सहमति पहिला नै भएको थियो । त्यसले गर्दा असार १७ गतेबाटै शेयर बजार बढ्न थालेको थियो । 

    यसअघि पौडेल अर्थमन्त्री भएकै बेला शेयर बजारले नयाँ रेकर्ड राख्ने गरेको थियो । उनी अर्थमन्त्री बन्ने हल्ला भएपछि सोही मनोविज्ञानका कारण असार १७–१८ देखि नै शेयर बजार बढ्न थालेको थियो । तर, अहिलेसम्म शेयर बजारले नयाँ रेकर्ड नै कायम गर्न सकेको भने छैन । समग्र अर्थतन्त्र नै शिथिल हुँदा र राजनीतिक अन्योलताले गर्दा लगानीकर्तामा कुनै उत्साह र आत्मविश्वास देखिन सकेको छैन् । बीच तीन हजार विन्दुमा पुगेको शेयर बजार अहिले २७–२८ सय हारहारीमा छ । तर, यो बढ्ने र केही समयमै यसअघिको अधिक्तम विन्दु (३२ सय) पार गर्ने आशा गरिएको छ । 

    पछिल्लो समय दैनिक १० अर्ब रुपियाँसम्मको शेयर कारोबार हुने गरेको छ । आइतबार पनि पौने १२ अर्ब रुपियाँको कारोबार भएको थियो । नेप्से सुचक सामान्य अंकले बढेर २७५३।७६ विन्दुमा पुगेको छ । उच्च कारोबार रकमले आगामी दिनमा शेयर बजार बढ्ने संकेत गरेको छ । त्यसले गर्दा लगानीकर्ताले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी गर्न लागेका छन् । त्यसले गर्दा पछिल्लो समय शेयर कर्जाको माग उच्च रहेको बैंकहरुको भनाइ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend