images

२०८३ कार्तिक २९ गते

images
images
images
  • विश्व
  • संविधान र जनतालाई खल्तीमा राखेको ठान्ने...

संविधान र जनतालाई खल्तीमा राखेको ठान्ने प्रवृत्तिमाथि मोदीको कटाक्ष

संविधान र जनतालाई खल्तीमा राखेको ठान्ने प्रवृत्तिमाथि मोदीको कटाक्ष

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी नेताहरूमाथि नाम नलिई कटाक्ष गर्दै संविधान र जनतालाई आफ्नो निजी सम्पत्ति ठान्ने प्रवृत्तिको आलोचना गरेका छन् ।

    images
    images

    बिहीबार इन्डिया टुडेद्वारा आयोजित कार्यक्रममा बोल्दै मोदीले केही नेताहरू संविधान हातमा लिएर हिँड्ने गरे पनि संविधान र जनता आफ्नै खल्तीमा रहेको जस्तो व्यवहार गर्ने गरेको टिप्पणी गरे ।

    उनले सत्ताबाहिर रहँदा पनि लोकतन्त्रलाई निजी सम्पत्तिका रूपमा हेर्ने प्रवृत्ति आश्चर्यजनक रहेको बताए । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीको टिप्पणी कांग्रेस नेता राहुल गान्धीलगायत विपक्षी नेताहरूप्रति लक्षित थियो ।

    images
    images

    सन् २०२४ को लोकसभा निर्वाचनका क्रममा विपक्षी गठबन्धनले भारतीय जनता पार्टी ९भाजपा० पुनः सत्तामा आए संविधान परिवर्तन गर्ने आरोप लगाउँदै संविधानको मुद्दालाई प्रमुख चुनावी एजेन्डा बनाएको थियो ।

    कार्यक्रममा मोदीले गुजरातको मुख्यमन्त्री रहँदाको एक प्रसङ्गसमेत सुनाए । उनले तत्कालीन केन्द्र सरकारले गुजरातको आर्थिक उपलब्धिसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न अवरोध गरेको आरोप लगाए ।

    त्यस्तै, उनले पूर्ववर्ती सरकारहरूले किसानको हितमा पर्याप्त काम नगरेको आरोप लगाउँदै वर्तमान सरकारले किसानका लागि ठूलो रकम अनुदानस्वरूप खर्च गरिरहेको दाबी गरे ।

    मोदीको पछिल्लो अभिव्यक्तिलाई भारतको सत्तारूढ भाजपा र विपक्षी दलहरूबीच संविधान, लोकतन्त्र र किसानका मुद्दामा जारी राजनीतिक बहसकै निरन्तरताका रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend