images

२०८३ कार्तिक २९ गते

images
images
images
  • विश्व
  • खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार...

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

images
images
आइतवार, कार्तिक २९ २०८३
आइतवार, कार्तिक २९ २०८३
  • काठमाडौँ, २९ कात्तिक । रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन् ।
     
    रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा रिवाश राईले रजत तथा ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका हुन् । रिवाशले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्। 
    अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो । 
     
    यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तरराष्ट्रिय खगोलविज्ञान तथा खगोलभौतिकी ओलम्पियाड–कनिष्ठमा नेपाली विद्यार्थी शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक जितेका थिए । आलमको स्वर्ण पदक अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend