images

२०८३ कार्तिक २९ गते

images
images
images
  • विश्व
  • अमेरिकामा सञ्चार प्रणालीमा समस्या, देशभरका हवाई...

अमेरिकामा सञ्चार प्रणालीमा समस्या, देशभरका हवाई उडान रोकिए

अमेरिकामा सञ्चार प्रणालीमा समस्या, देशभरका हवाई उडान रोकिए

images
images
शनिवार, कार्तिक २८ २०८३
शनिवार, कार्तिक २८ २०८३
  • काठमाडौँ । अमेरिकाको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सञ्चारसम्बन्धी प्राविधिक समस्या देखिएपछि देशभरका हवाई उडान रोकिएका छन्।

    images
    images

    अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले यात्रुको सुरक्षा र असाधारण परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान रोक्न निर्देशन दिएको हो।

    एफएएका अनुसार देशभरका विमानको उडान निगरानी तथा व्यवस्थापन गर्ने एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा सञ्चार अवरोध देखिएको छ। प्रारम्भिक जानकारीअनुसार अस्थायी दूरसञ्चार समस्याका कारण उडान सञ्चालन प्रभावित भएको हो।

    images
    images

    अमेरिकी यातायातमन्त्री सिन डफीले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको बताएका छन्। यस्तै, गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले समस्या समाधानका लागि निश्चित समयसीमा तय भइनसकेको बताएका छन्। उनका अनुसार एक घण्टाभित्रै समस्या समाधान हुने सम्भावना छैन।

    अमेरिकी अधिकारीहरूले घटनाबाट राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र प्रारम्भिक अनुसन्धानमा साइबर आक्रमणको संकेत नदेखिएको बताएका छन्। घटनाबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत जानकारी गराइएको छ।

    एफएएका अनुसार उडान रोक्ने निर्णय हुनुअघि नै आकाशमा रहेका सबै विमानको अवस्थाबारे जानकारी लिइएको छ। ती विमानले आफ्नो गन्तव्यसम्मको यात्रा जारी राख्न सक्नेछन्। अन्तर्राष्ट्रिय उडानको व्यवस्थापन भने परिस्थितिअनुसार छुट्टाछुट्टै निर्णयमार्फत गरिने जनाइएको छ।

    अमेरिकाको प्रमुख विमान सेवा कम्पनी अमेरिकन एयरलाइन्सले उडान रोक्ने आदेश कायम रहेसम्म दिनभर उडान प्रभावित हुन सक्ने जनाएको छ। आदेश हटेपछि यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन आवश्यक सबै स्रोतसाधन परिचालन गर्ने कम्पनीको भनाइ छ।

    यसअघि सन् २०२३ जनवरीमा विमान चालकलाई आवश्यक सूचना उपलब्ध गराउने प्रणाली (NOTAM)  मा प्राविधिक समस्या आएपछि अमेरिकाभरका उडान रोकिएका थिए। त्यस्तै, सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणपछि पनि अमेरिकाले देशभरका हवाई उडान स्थगित गरेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend