images

२०८३ कार्तिक ४ गते

images
images
images
  • शेयर
  • प्रभु केबुलकारले आईपीओ जारी गर्दै, बिक्री...

प्रभु केबुलकारले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धक नियुक्त

प्रभु केबुलकारले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धक नियुक्त

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं ।  प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्दैछ । आईपीओ बिक्री प्रवन्धकका रुपमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको छ । यो नियुक्तिसँगै प्रभु केबुलकारको ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन कार्य अघि बढेको छ ।

    images
    images

    उक्त सम्झौता पत्रमा केबुलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । प्रभु केबुलकारको लगानीमा तीन वटा केबुलकार परियोजनाहरु अगाडि बढेका छन् । जसमध्ये बुटवलमा ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केबुलकार परियोजना गत असोजदेखि व्यवसायिक सञ्चालनमा आइसकेको छ ।

    प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेड नै सिद्धार्थ केबुलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केबुलकार बुटवल स्थित फूलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

    images
    images

    त्यस्तै, कम्पनीको लगानीमा सुदूरपश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केबुलकार बनाइ सञ्चालन गर्ने तयारी छ । यस कम्पनीले जलविद्युत्, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गरेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend