images

२०८३ कार्तिक २९ गते

images
images
images
  • पूर्वाधार
  • विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग...

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छः मन्त्री तिमिल्सिना

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छः मन्त्री तिमिल्सिना

images
images
बुधवार, कार्तिक २५ २०८३
बुधवार, कार्तिक २५ २०८३
  • काठमाडौँ, २५ कात्तिक । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विपद्का बेला सञ्चार सेवा अवरुद्ध हुन नदिन उत्थानशील सञ्चार पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन् ।

    images
    images

    कतारको दोहास्थित दोहा प्रदर्शनी तथा सम्मेलन केन्द्र (डिइसीसी) मा जारी अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को सन् २०२६ को पूर्णाधिकार सम्मेलन (पीपी–२६) अन्तर्गत आज आयोजित उच्चस्तरीय विषयगत छलफलमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनले नेपालको हालैको बाढीपहिरोबाट सञ्चार पूर्वाधारमा पुगेको क्षतिबारे जानकारी गराएका छन् ।

    मन्त्री तिमिल्सिनाले भोटेकोशी–त्रिशूली नदी करिडोरमा आएको विनाशकारी आकस्मिक बाढीले जनधनको क्षति गर्नुका साथै महत्त्वपूर्ण सञ्चार पूर्वाधारमा क्षति पुर्‍याउँदा देशका विभिन्न क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको बताएका छन् ।

    images
    images

    उनले विपद् प्रतिरोधी सञ्चार पूर्वाधार निर्माणका लागि यसअघि गरिएका प्रतिबद्धतालाई मापनयोग्य कार्यमा रूपान्तरण गर्ने, उत्थानशील सञ्चार सेवामा सबैको पहुँच सुनिश्चित गर्न आर्थिक रूपमा सहज बनाउने तथा अन्तरराष्ट्रिय सहकार्यलाई थप सुदृढ गर्ने प्रस्ताव गरेका छन् ।

    सम्मेलनका अवसरमा मन्त्री तिमिल्सिनाले मलेसियाका सञ्चारमन्त्री दातुक सेरी फहमी फाजिलसँग द्विपक्षीय भेटवार्ता पनि गरेका छन् । भेटमा उनले समावेशी र विश्वसनीय डिजिटल पारिस्थितिक प्रणाली निर्माण गर्दै नेपालले डिजिटल रूपान्तरणलाई तीव्रता दिन गरिरहेका प्रयासबारे जानकारी गराएका थिए ।

    दुवै पक्षबीच डिजिटल कनेक्टिभिटी विस्तार, क्षमता अभिवृद्धि, डिजिटल विश्वासको वातावरण निर्माण तथा बहुपक्षीय मञ्चमा सहकार्य बढाउने विषयमा छलफल भएको थियो ।

    मन्त्री तिमिल्सिनाले सम्मेलनको पूर्णसत्रलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend