images

२०८३ कार्तिक २९ गते

images
images
images

मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

images
images
शुक्रवार, कार्तिक २७ २०८३
शुक्रवार, कार्तिक २७ २०८३
  • मुगु, २७ कात्तिक । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पुल निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरिएको बताएका छन् ।

    images
    images

    हालै यहाँ स्थानीयसँग आयोजना गरिएको छलफलमा मुख्यमन्त्री शाहीले  कोटिला र मुन्दु गाउँका बासिन्दालाई स्थानीय सडक मर्मतसम्भारसँगै धार्मिक र पर्यटकीय महत्वको ऋणमोक्ष धामसम्म पुग्ने बाटो पनि सुधार गरिने प्रतिबद्धता व्यक्त गर्दै पुल निर्माणको प्रक्रिया तत्काल प्रारम्भ गरिने बताएका छन् । 

    पुल निर्माणपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक, लुवारपोल्नालगायत दर्जनौँ बस्तीका स्थानीयलाई आवतजावतमा सहज हुनेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend