images

२०८३ कार्तिक २९ गते

images
images
images
  • पूर्वाधार
  • मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण,...

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

मध्यपहाडी लोकमार्गमा तीन पक्की पुल निर्माण, यात्रा सहज

images
images
मंगलवार, कार्तिक २४ २०८३
मंगलवार, कार्तिक २४ २०८३
  • कास्की, २४ कात्तिक । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत कास्की खण्डमा तीन वटा पक्की पुल निर्माण सम्पत्र भएसँगै यातायात सहज भएको छ ।

    images
    images

    पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा सडकको चौडाइअनुसार दुई वटा नयाँ पुल निर्माण भएपछि सवारीसाधनको आवागमन सहज बनेको हो । यसअघि फराकिलो सडकमा साँघुरा पुल हुँदा विपरीत दिशाबाट आउने सवारीसाधनलाई एकैपटक पार हुन समस्या हुने र जाममा बस्नुपर्ने अवस्था थियो ।

    पोखरादेखि सिदिङसम्म नियमित जीप चलाउँदै आएका चालक बुद्ध गुरुङ पुल निर्माणपछि यात्रा सहज भएको बताउनुहुन्छ । पहिले साँघुरो पुलका कारण विपरीत दिशाबाट सवारी आएमा रोकिएर पालो कुर्नुपर्ने र कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने गरेको उनको अनुभव छ ।

    images
    images

    “पहिले पुल साँघुरो हुँदा अगाडिबाट गाडी आए रोक्नुपर्ने अवस्था थियो । कहिलेकाहीँ गाडीको लाम लाग्थ्यो र जाममा बस्नुपथ्र्यो । अहिले सडकको चौडाइअनुसारकै पुल बनेपछि सहज भएको छ । गाडी रोकिरहनु पर्दैन, समय पनि बचत भएको छ”, चालक गुरुङले भने ।

    मध्यपहाडी लोकमार्गको कास्की खण्डमा रु २१ करोड ५९ लाख ७८ हजार लागतमा तीन वटा पक्की मोटरेबल पुल निर्माण गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए।

    उनका अनुसार पोखरा महानगरपालिका–२५ स्थित याम्दी खोलामा दुई वटा र अत्रपूर्ण गाउँपालिकामा पर्ने पानीविहाडमा एउटा पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

    याम्दी खोलामा पुरानो पुलको दायाँ र बायाँतर्फ एक–एक वटा नयाँ पुल निर्माण गरिएको हो । दुवै पुलको लम्बाइ ५२–५२ मिटर रहेको छ । त्यस्तै, पानीविहाडमा निर्माण गरिएको पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताए ।

    तीन वटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो । विसं २०७९ साउन २२ गते स्याङ्जाको गीता कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण सम्पत्र गरी पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

    मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभित्र जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा तीन वटा पुल निर्माण सम्पत्र भएपछि पोखराबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका साथै कास्कीको उत्तरी तथा पश्चिमी क्षेत्रमा हुने यातायात थप सहज भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend